लघुकथा: सजाय

       ✍️ मुरारीराज मिश्र

“जस्काे कारणले क्षति हुन गएको हाे, उसैले त्यसको उचित क्षतिपूर्ति र सजाय बेहोर्नु पर्छ । त्यसैले, कार्यक्रमकाे नेतृत्वकर्ता भएका कारण पार्टी अध्यक्ष सजायका भागिदार हुने ठहर्छ ।” न्यायाधीशले फैसला सुनाउँदै भने ।

कुनै राजनीतिक दलले आयाेजना गरेको कार्यक्रमकाे दाैरान आफ्नो घर ताेडफाेड भएको भन्दै दुई बर्ष अघि, तत्कालीन पूर्व प्रधानमन्त्रीले हालेको क्षतिपूर्तिकाे मुद्दामा आज फैसला आएको थियोे । ती पू्र्व प्रधानमन्त्री हाल: वहालवाला थिए । 

“श्रीमान्, याे न्यायीक सिद्धान्त सबैमा लागू हुन्छ ?” पार्टी अध्यक्षले न्यायाधीशसंग प्रश्न राखे ।

“अवश्य लागू हुन्छ ।” न्यायाधीशबाट जवाफ आयो ।

“अस्तिका दिन प्रधानमन्त्री मन्दिर गएका थिए । निकै भीडभाड भएको बेला उनको सुरक्षाको नाममा एकघण्टा मन्दिर बन्द गर्दा, भीडले च्यापिएर दुईजना मान्छे मरे । याे फैसलाकाे आधारमा त यस घटनामा प्रधानमन्त्रीले पनि सजायको भागिदार हुनुपर्ला नि उसाेभए !” उसले गम्भीर हुँदै भन्यो ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …