गजल: अहिलेकाे मान्छे

                 ✍️ मुरारीराज मिश्र

अहिलेकाे  मान्छे,  मानवीय  धर्मबाट  चुक्दैछ

आपसमा  लडाउने,  उपयुक्त  माैका ढुक्दैछ ।


मैले  पहिल्यै  भनेको   थिएँ,  बसेर  मन  माझाैं

देख्यो, कसिएकाे शंकाको गाँठो कसरी फुक्दैछ !


जैले   देखि  मेराे   पक्षमा   दरिलोसंग  उभियाै 

भ्रमकाे  खेती  गर्नेहरूकाे बालीनाली  सुक्दैछ ।


सुन्दरताकाे बयान गर्दा `फुर्क्यायाै´ भन्थ्याै तिमी 

हेर,  तिम्लाई देख्दा  चन्द्रमा  लजाएर लुक्दैछ ।


जब  हामी   एकाकार  भयाैं   प्रेममा   बाँधिएर

लाग्छ, त्यै बेलादेखि समय पनि टक्क रूक्दैछ ।

                       ~~~~

कविता संसारमा प्रकाशित



Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …