Posts

लघुकथा : नाटक

              ✍️ मुरारीराज मिश्र, (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) फेसबुक चलाउँदै गर्दा उनका आँखा समवेदना लेखिएको एउटा तस्बिरमा ठाेक्किए ! मृतककी देवरानीले लेखेको तस्बिर सहितकाे उक्त समवेदना पढदै जाँदा उनका मानसपटलमा अतितका केही दृश्यहरू झल्झली आए । तिनै देवरानीले दुई-तीन महिना अघि बाटोमा भेट्दा उनीसंग भनेकी थिइन् “हेर्नुस् त नानी ! याे घाेरमुखी, कर्कसा, दुच्छर र दुर्मुखाले जथाभावी चुक्ली लगाएर मलाई घरमा टिक्नै नदिने भई । याे मरेपछि घाेर नर्कमा पराेस् । कालले पनि किन लाँदैन हाेला खै यसलाई !” यति मात्र हाेइन, उनीसंग जहाँ भेट्दा पनि हरेक पटक जेठानीकाे बदख्वाईं र बेइज्जत गर्ने गर्थिन् । उनको भनाइलाई आधार मानेर भन्नुपर्दा, याे संसारमा उनको सबैभन्दा ठूलो शत्रु काेही छ भने त्याे उनकाे जेठानी नै थिइन् । समवेदना पढेर सिध्याउँदै गर्दा उनी फिस्स हाँसिन् ।लेखिएको थियोे “… मेरो अत्यन्तै प्रीय, मृदुभाषी, सज्जन, सहयोगी र आमा समान मायालु दिदीकाे निधनले मलाई टुहुराेपनाकाे आभाष भएकाे छ…उहाँको बैकुण्ठबास हाेस्…हार्दिक श्रद्धाञ्जली।”       ...

जुठो सुतक

Image
 

यात्रा संस्मरण : विकास पर्खिरहेको पाँचपाेखरी

Image
   ✍️ मुरारीराज मिश्र भ्रमण केवल एक कर्मकाण्डीय घुमाइ मात्र होइन, अपितु देश दर्शन, प्राकृतिक, सांस्कृतिक र भाैतिक समृद्धिको अनुभव समेत हो ।  भ्रमणले आत्मिक तथा मानसिक शान्ति प्रदान गर्नुका साथै  स्थानीय बाताबरण, प्राकृतिक सौन्दर्य, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्त्व, ग्रामीण जीवनको वास्तविकता, स्थानीय जीवनशैलीकाे अविस्मरणीय अनुभव संगाल्न पनि मद्दत गर्दछ । भ्रमणलाई जीवन जगत बुझ्ने उपयुक्त पाठशाला पनि मान्न सकिन्छ । पाँचपाेखरीकाे बिहान सबेरैकाे दृश्य   करिव तीनहप्ता अघि दाेलखास्थित शैलुङ्काे दुईदिने यात्राबाट फर्के लगत्तै पाँचपोखरीकाे यात्रामा जाने निधाे गरेका भएतापनि हाम्रो भ्रमणको टुंगो भने पाँचदिन अघिमात्रै लागेको थियो । नारायणटार, शिवचाेकमा रहेको आमा याङ्ग्री ह्योल्मो यातायातकाे टिकट काउण्टरबाट सिन्धुपाल्चोककाे भाेताङ, छिम्तीसम्मकाे बस टिकट बुक गरेर हामी भ्रमणको तैयारीमा लाग्यौं । निर्धारित मिति २०८२ जेठ १४ गतेकाे बिहान ६ बजे लक्ष्मी पाण्डे, अञ्जना पाण्डे, कल्पना मिश्र र याे पंक्तिकार कुमारीगालबाट टैक्सी लिएर नारायणटार बसपार्क पुग्यौं । गीता बिष्ट हामीभ...

लघुकथा: पर्स ✔️

            ✍️ मुरारीराज मिश्र “मैले भनेको सामान आज पनि ल्याउनु भएन है तपाईंले ?” बिहानी भ्रमणबाट फर्केका पतिको हात खाली देखेर पत्नीले भनिन् । “हत्तेरीका ! साथीहरूसंग गफ गर्दै आएकाे थिएँ, त्यै धुनमा भुसुक्कै बिर्सेछु, भाेलि चाहिँ पक्कै सम्झेर ल्याउँछु है !” पतिले आश्वासन दिए । “पहिले-पहिले त बाेली मुखबाट भूइंमा खस्न नपाउँदै सामान आइपुग्थ्याे घरमा, अहिले भने हजार पटक भनेको भन्यै गर्दा पनि अत्तोपत्तो हुन्न । खै, कति भुलक्कड भएको हाे हँ याे मान्छे पनि !” पत्नी भुत्‌भुताउँदै भान्सामा पसिन् । भरेङ ओर्लदैं गरेकाे छाेराे आमाबाबुको कुरा सुनेर राेकियाे । केही साेचेर माथि उक्लियाे । बाथरुम छिरेको बाबुकाे खल्ती छामछुम पार्‍यो । उनको पर्स खाेल्याे अनि मनमनै हाँस्दै हतारहतार निस्कियाे । “भाेलि सामान ल्याउँछु त भनेको छु उनलाई !” यही कुरा मनमा खेलाउँदै पति काेठामा छिरे । उनले पर्स छामे, केही फरकपन महसूस भयाे । खाेलेर हेरे, पर्सभित्रकाे अवस्था देखेपछि अचम्म मान्दै भान्सामा पुगेर पत्नीलाई साेधे “मेरो पर्स तिमिले खाेलेकी थियौ ?” “के भन्नुहुन्छ ! म किन खाेल्थें र तपाईंक...

संसारकाे पहिलो तीर्थस्थल मानिने बराहक्षेत्र पुग्दा

Image
 यात्रा संस्मरण :                      ✍️ मुरारीराज मिश्र मलाई लाग्छ, यात्रा भनेकाे केवल घुम्ने, खाने-पिउने र रमाउने क्रियाकलाप मात्रै हाेइन, यथार्थताकाे अनुभूति, फरक अनुभव, ज्ञान र आनन्दकाे प्राप्ति गर्ने माध्यम पनि हाे । हजार शब्द पढेर, सुनेर बुझ्न नसकेको कुरा एकै हेराइमा स्पष्ट बुझिन्छ र याे अमूल्य अनुभव नै यात्राको उपलब्धि हाे । कुनै नपुगेकाे ठाउँमा पुग्नुअघि त्यहाँको बारेमा मनले एकप्रकारकाे दृश्य कल्पना गरिरहेकाे हुन्छ । त्यहाँ यस्तो हाेला, उस्तो हाेला, पुगेर यसाे गर्नुपर्ला, यसरी जाने हाेला !  तर त्यस ठाउँमा पुगेपछि मनमा बनेको काल्पनिक दृश्य अनायास फेरिन्छ । साेचाइ र वास्तविकतामा आकाश जमिनको फरक भेटिन्छ । याे राेचकता पनि यात्राकाे आनन्द हाे । केही बर्ष अगाडि म भारतीय राज्य अरुणाचल प्रदेशमा पर्ने प्रख्यात तीर्थस्थल परशुराम कुण्ड पुगेको थिएँ । जानुअघि मेरो मनले त्याे कुण्ड सायद हाम्रै गाेसाई कुण्डहरू जस्तै खालकाे वा त्योभन्दा पनि विशाल हाेला भन्ने साेचेकाे थियोे । याे साेचाइमा रम्दै त्यहाँ पुगेकाे मलाई, आफ्नो परिकल्पना...

शब्दसुमन

Image
मुरारीराज मिश्रले आमा बाबाको स्मृतिमा लेख्नुभएको भक्तिरचना संग्रह हो ‘शब्दसुमन’ । मिश्रले संस्कृतमा भएका श्लोकहरूलाई सरल नेपाली भाषामा भावानुवाद गरी सनातनी भक्तहरूलाई सजिलो बनाइदिनुभएको छ । कति गर्छौं तेरो मेरो ? छैन केही स्थायी नाङ्गै आयौँ, जानुपर्छ , खाली हातै भाइ ।। दुःख गरी कमाएको, धन सम्पत्ति मान । मर्ने बेला पाइँदैन आफ्नो साथमा लान ।। साँच्छौ किन यस्तो धन, आफू खाइ नखाई ? नाङ्गै आयौँ, जानुपर्छ, खाली हातै भाइ ।।                      (कति गर्छौ तेरो मेरो, पृ.१३) ”हरेक बिहान आमाले पाठ गर्नुभएको भागवत कुञ्ज, कोमलगीता, रामायण आदि पुस्तकहरूका श्लोकहरू बाल्यकालदेखि नै सुन्दै हुर्केकाले, अर्थ नबुझे पनि केही श्लोकहरू मुखाग्रै भएका थिए ।”, कवि मिश्र आफ्नो कुरामा लेख्नुहुन्छ, ”थोरै बुझ्ने भएपछि बिस्तारै त्यस्ता धार्मिक भजन र पुस्तकप्रति रुचि बढ्दै गयो । अहिलेको जस्तो मनोरञ्जनका अन्य साधनहरू नभएको त्यसताका, रेडियो नेपालको धार्मिक कार्यक्रममा दिनहुँ बिहान बज्ने भजनहरु हामी प्रायः सुन्ने गर्थ्यौँ । घर नजिकैको पशुपतिनाथ र वासुकिनाथ मन्दिरभित्...

वृन्दावन यात्रा

Image
                ✍️ मुरारीराज मिश्र धार्मिक यात्रा भनेपछि मेरो मन फुरुङ्ग हुन्छ । एक त धर्म कमाइने, अर्को नयाँ नयाँ ठाउँ पनि देखिने । उसैमाथि चौरासी कोस परिक्रमा गरेपछि मृत्युपश्चात् चौरासी लाख योनिबाट मुक्ति पाइने, जन्ममृत्युको चक्करमा पर्नु नपर्ने वृन्दावनको महिमा सुन्दै आएकाले पनि मभित्र यस स्थानप्रतिको आकर्षण बढेको थियो । अयोध्या, वृन्दावन, नैमिषारण्य र देवघाटको १३ दिने यात्राका लागि काठमाडौंबाट हिँड्यो ४ जना व्यवस्थापन समूहसहितको ३० सदस्यीय तीर्थयात्रा टोली । बुटवल र अयोध्यामा एक–एक रात बिताएर भ्रमणको तेस्रो दिनमा साँझ ५ बजेतिर छिमेकी राष्ट्र भारतको मथुरा–वृन्दावनस्थित गोकुलको एक होटेलमा उत्रिएपछि वृन्दावन पुग्ने इच्छाले मूर्तरूप लियो । विविध कारणले तीर्थयात्रीको संख्या २४ बाट १४ मा झरेपछि हाम्रो यात्रा रोकिने भय थियो, गत वर्षझैं । तर यात्रा व्यवस्थापक मोहनप्रसाद अधिकारी दाइले “१२ जनाको अर्को समूह पनि मेरो सम्पर्कमा छ, मिलेर जाऊँ न त !” भन्नु भएपछि हामी ढुक्क भएर यात्राको तैयारीमा लागेका थियौं । भोलिपल्टबाट वृन्दावनको चौरासी कोस परिक्रमा शुरु ...